मन्त्रिपरिषद् बैठक निर्णय
नवनियुक्त मुख्यसचिव कार्कीले पूरा कार्यकाल काम गर्न पाउने छैनन्
बुधबार, २४ असार २०८३, १७ : २३
सारांश
- मन्त्रिपरिषद्को बैठकले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।
- कार्की २०५३ सालमा निजामती सेवामा शाखा अधिकृतका रूपमा प्रवेश गरेका थिए र २०८१ भदौ २० गते सचिवमा बढुवा भएका थिए।
- उमेर हदका कारण कार्कीले मुख्यसचिवको पूरा ३ वर्षे कार्यकाल काम गर्न पाउने छैनन्।
काठमाडौँ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।
२०२७ साल ९ महिना २५ गते भोजपुरमा पिता थिरबहादुरको पुत्रका रूपमा जन्मिएका कार्की २०५३ पुस ७ गते शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए।
०८१ भदौ २० गते सचिवमा बढुवा भएका कार्की उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव भएर काम गरेका छन् । उनी उमेर हदका कारण २०८५ पुस २५ गते अनिवार्य अवकाशमा जानेछन्।
अहिलेको व्यवस्था अनुसार मुख्यसचिवको कार्यकाल ३ वर्षकाे हुन्छ । उनी उमेर हदका कारण पूरा कार्यकाल काम गर्न पाउने छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनाको जितमा विवादित बनेको भीएआर निर्णय, यस्तो बन्यो क्वाटरफाइनल समीकरण (भिडियो)
-
शैक्षिक परामर्श संस्थामा सरकारकाे कडाइ
-
सभामुखबाट छानबिन प्रतिवेदन कार्यान्वयनका लागि संसद् सचिवालयलाई प्राप्त
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण