वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन
बुधबार, २५ साउन २०७९, ०९ : १६
नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन भएको छ । बुधबार बिहान हृदयघातका कारण उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए ।
पाण्डेलाई सीतापाइला स्थिती आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पुर्याइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । उनी ५४ बर्षका थिए ।
‘कागबेनी’ लगायत केही फिल्म छायांकन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन् । हजारौ म्युजिक भिडियो र थुप्रै विज्ञापन चलचित्र उनले छायांकन गरेका छन् । पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण