पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग पराजित
बिहीबार, २६ साउन २०७९, १० : ०५
पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग १३ रनले पराजित भएको छ । जमैकाको साविना पार्कमा आज बिहान सकिएको खेलमा न्युजिल्यान्डले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ७२ रन बनाउन सक्यो ।
वेष्ट इन्डिजका लागि शामरन ब्रुरक्सले सर्वाधिक ४२ रन बनाए । यस्तै, रोमारियो सेफर्डले ३१, ओडन स्मिथले २७, जासन होल्डरले २५ तथा निकोलस पुरनले १५ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो ।
न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ४७ रन जोडे भने डिभेन कन्वेले ४३ रन बनाए । जेम्स निसमले ३३ तथा ग्लेन फिलिप्सले १७ रन बनाए । यस्तै, ड्यारियल मिचेल र मार्टिन गप्टिलले समान १६-१६ रन बनाए । दुई टोलीबीचको दोस्रो टी–२० खेल शनिबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण