‘मायाको माया’ बाट अभिनयमा कम ब्याक गर्दै राजेश हमाल
एक समय अभिनयमा एकछत्र राज गरेका अभिनेता राजेश हमाल लामो समयदेखि फिल्म अभिनय बाहिर छन् । केही अगाडि ‘सत्यम्’ बाट उनले कम ब्याक गर्ने चर्चा चलेको थियो । तर उक्त फिल्म निर्माण तयारीमै रोकियो ।
अहिले भने उनको कम ब्याक पक्कापक्की भएको छ । उनले ‘मायाको माया’ नामक फिल्मबाट अभिनयमा कम ब्याक गर्ने भएका हुन् । फिल्मका लागि उनले केही साताको वर्कसप समेत गरिसकेका छन्
हमाल अहिले श्रीमतीसहित दुबईमा छन् । एक सांगीतिक कार्यक्रमका लागि उनी त्यहाँ पुगेका हुन् । त्यसबाट फर्किएपछि फिल्म सुटिङका लागि उनले समय उपलब्ध गराउनेछन् ।
फिल्ममा हमालको अलवा अभिनेता अनुप बिक्रम शाही, आना शर्मा देखिने छिन् । हमालको अपोजिटमा को भन्ने अहिले सार्वजनिक गरिएको छैन । फिल्मबाट सर्वानी पाण्डेले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् भने भारतबाट तन्ह्भी आजमीको पनि अभिनय रहनेछ ।
रोहित करण बैधको निर्देशन रहेन फिल्म ड्राइभर इंक प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण