शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु

मङ्गलबार, ३१ साउन २०७९, १३ : २३
मङ्गलबार, ३१ साउन २०७९

गत साउन २७ गते झापाको दमकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ८ ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश नम्बर १–०४–००१ प २४५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक दमक–४ निवासी ६८ वर्षीय रामुजुलुम नायकको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको थियो । उनको मंगलबार बिहान १० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक चालक ३८ वर्षीय मातृका दनुवार र ट्रक इलाका प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप