अफगानिस्तानविरुद्धको शृंखला आयरल्यान्डले जित्यो
अफगानिस्तानविरुद्धको अन्तिम खेल ७ विकेटले हात पार्दै पाँच टी २० अन्तर्राष्ट्रिय शृंखला घरेलु टोली आयरल्यान्डले ३-२ ले जितेको छ ।
वर्षाले प्रभावित भएपछि ५६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ६.४ ओभरमा तीन विकेट गुमाउँदै शृंखला आफ्नो पक्षमा पारेको हो । आयरल्यान्डका पाउल स्टर्लिङ १६ रन तथा लोर्कान टकर १४ रनको योगदान गरे । अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनायो । तर, फेरि वर्षा भएपछि आयरल्यान्डले डकवर्थ लेविसको आधारमा ५६ रनको लक्ष्य पायो ।
अफगानिस्तानका उस्मान घानीले सर्वाधिक ४४ रन बनाए । आयरल्यान्डका मार्क आदिरले ३ विकेट लिए । यस अघि सुरुवाती दुई खेल आयरल्यान्डले क्रमश: ७ र ५ विकेटले जित्यो । तेस्रो र चौथो खेलमा अफगानिस्तानले क्रमशः २२ र २७ रनको जित निकाले पनि अन्तिम खेल भने गुमाउन पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण