चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्था थप नाजुक
भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको अवस्था फेरि नाजुक बन्दै गएको छ । बुधवार रातिदेखि उनलाई बारम्बार समस्या देखिएको छ । डाक्टरहरूले उनको टाउकोको सीटी स्क्यान गर्दा मस्तिष्कको एक भागमा सुन्निएको पाएका छन् । उनका जेठा भाइ सीपी श्रीवास्तवले भने, ‘मस्तिष्क सुन्निएको कारण पानी भेटिएको छ । चिकित्सकहरुले उनको अवस्था चिन्ताजनक रहेको बताएका छन् ।’
श्रीवास्तवको अवस्था बिग्रिएपछि परिवारका सदस्य र धेरै आफन्तहरू दिल्ली एम्स पुगेका छन् । अर्का कमेडियन सुनिल पालले भावुक हुँदै पोष्ट गरेको भिडियोमा भनिएको छ ‘राजुको मष्तिष्कले काम गर्न छाडेको छ । अवस्था अत्यन्तै नाजुक छ । डाक्टरलाई पनि के गर्ने थाहा छैन ।’
बुधबार साँझसम्म स्वास्थ्यमा सुधार देखिएकाले उनका आफन्त र फ्यान खुसी भएकोमा आज पुनः स्थिति बिग्रिएपछि पुनः निराशा बढेको छ । आइतबारसम्म राजुलाई २० प्रतिशत अक्सिजन सपोर्टमा राखिएको थियो । मंगलबार भने थप १० प्रतिशतले घटेको थियो । अर्थात् उनको शरीरलाई १० प्रतिशत मात्र अक्सिजन सपोर्ट चाहिन्छ ।
मंगलबार स्थिति सुध्रिन थालेकाले एक–दुई दिनमा भेन्टिलेटर हटाउने चिकित्सकले बताएका थिए । उनलाई नलीबाट दूध पनि खुवाइँदै आएको थियो, तर फेरि अवस्था बिग्रँदै गएपछि परिवारको समस्या बढेको छ ।
अमिताभ बच्चनको सन्देश
बलिउड अभिनेता अमिताभ बच्चनले राजु श्रीवास्तवलाई विशेष अडियो सन्देश पठाएको परिवार स्रोतले बताएका छन् । अडियोमा अमिताभले राजुलाई ‘उठ राजु, धेरै भयो, धेरै काम गर्न बाँकी छ । अब उठ...हामी सबैलाई हाँस्न सिकाउन उठ ’ भनेको र सो रेकर्डिङ बिरामी राजुलाई सुनाइएको बताइएको छ ।
राजुका जेठा दाईका अनुसार राजु बिरामी भएदेखि उनका फ्यानहरू उनलाई भेट्न एम्स पुगिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
-
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण