रास्वपा महाधिवेशन
गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा पवित्रा थापासहित ५ जना निर्वाचित
शुक्रबार, १२ असार २०८३, ०७ : ५२
सारांश
- गण्डकी प्रदेशबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा पवित्रा थापासहित ५ जना निर्वाचित भएका छन्।
- पवित्रा थापाले सर्वाधिक १ हजार ७६ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।
- मनिष खनाल, सागर भुसाल, विष्णुकुमारी गुरुङ (एकता) र सोम शर्मा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा गण्डकी प्रदेशबाट पवित्रा थापासहित ५ जना निर्वाचित भएका छन्।
सार्वजनिक मतपरिणामअनुसार गण्डकी प्रदेशतर्फ पवित्रा थापाले सर्वाधिक १ हजार ७६ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। त्यसपछि मनिष खनालले १ हजार ५२ र सागर भुसालले १ हजार ४० मत प्राप्त गरेका छन्।
यसैगरी विष्णुकुमारी गुरुङ (एकता) ८०० मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
गण्डकी प्रदेशबाट उम्मेदवार रहेका सोम शर्माले ९९३ मत प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याम्ब्रिज अपस्किल्स अंग्रेजी परीक्षाको विश्वसनीयतामाथि प्रश्न, छानबिन र पुनःपरीक्षाको माग गर्दै निवेदन
-
मन्त्रिपरिषद् बैठक सकियो, सुनाइएन निर्णय
-
शिक्षा मन्त्रीको दोहोरो कुराः एकातिर छानबिन समिति, अर्कोतिर ‘नतिजा त्रुटिहीन’ रहेको दाबी
-
असार लागेपछि ७१ कर्मचारीको राजीनामा, बढ्यो अनुपात
-
रामकुमारी झाँक्रीको प्रश्न : संवैधानिक निकायले किन हैसियत गुमाए ?
-
सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण