शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

रास्वपा केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित

शुक्रबार, १२ असार २०८३, ०८ : २५
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित भएका छन्।
  • रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार प्रभा ढकालले सर्वाधिक १ हजार ५१३ मत प्राप्त गरेकी छन्।
  • आकांक्षा पोखरेल, अनिता श्रेष्ठ र पार्वती थापा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित भएका छन्।

रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार बागमती प्रदेशतर्फ प्रभा ढकालले सर्वाधिक १ हजार ५१३ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। त्यसपछि विदुले १ हजार ३३७ मत प्राप्त गरेकी छन्।

यसैगरी आकांक्षा पोखरेल ८८०, अनिता श्रेष्ठ ८०९ र पार्वती थापा ७५९ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

रास्वपा निर्वाचन आयोगले उक्त मतपरिणाम सार्वजनिक गरेको हो।

bag

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप