नेदरल्याण्डविरुद्ध पाकिस्तानलाई शृंखला
शुक्रबार, ०३ भदौ २०७९, ०७ : ५४
लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले घरेलु टोली नेदरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अगावै हात पारेको छ । बिहिबार राति ७ विकेटको सहज जित निकाल्दै पाकिस्तान 'क्लिन स्विप' तर्फ अगाडि बढेको हो ।
१८७ रनको विजयी लक्ष्य पाकिस्तानले ३३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका तीन ब्याटरले अर्धशतक प्रहार गरे ।
मोहम्मद रिजवानले सर्वाधिक ६९ रन बनाए । यस्तै, कप्तान बाबर अजाम ६९ र आगा सलमानले ५० रनको योगदान गरे । नेदरल्यान्डका भिभिएन किंग्माले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४४ ओभर १ बलमा सबै विकेट गुमाउँदै १८६ रन बनायो । उसका बास डि लिडले सर्वाघिक ८९ र टम कुपरले ६६ रनको योगदान गरे । पाकिस्तानका हरिस रउफ र मोहम्मद नवाजले समान तीन विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण