वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी
शनिबार, ०४ भदौ २०७९, ११ : १६
घरेलु टोली वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय क्रिकेटमा ५० रनले पराजित गर्दै न्युजिल्यान्डले शृंखला १-१ को बराबरीमा ल्याएको छ । शनिबार बिहान दुई सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५.३ बलमा सबै विकेट गुमाउँदा मात्र एक सय ६१ रनमा समेटियो ।
उसका याननिची कारियहले सर्वाधिक ५२ रन बनाए । यस्तै, अल्जारी जोसेपले ४९ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै दुई सय १२ रन बनायो । उसका फिना एलेनले सर्वाधिक ९६ रन बनाए । यस्तै, ड्यारियल मिचेलले ४१ रनको योगदान गरे ।
वेस्ट इन्डिजका केभिन सिन्केलियरले ४ विकेट लिए । अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण