रियलको लगातार दोस्रो जित
रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ४–१ गोल अन्तरले हराएको हो ।
सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमा, लुका मोड्रिच, भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले एक–एक गोल गरे ।
उता सेल्टाका इयागो आसपासले एक गोल फर्काए । खेलको १४ औं मिनेटमा करिम बेन्जिमा पेनाल्टी मार्फत गोल गर्दै रियललाई अग्रता दिलाए ।
सेल्टाका लागि इयागोले २३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । मोड्रिचले ४१ औं मिनेटमा गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए ।
५६ औं मिनेटमा जुनियरले गोल गर्दै टिमको अग्रता ३–१ को बनाए । ६६ औं मिनेटमा भाल्भर्डेले गोल गर्दै रियललाई ४–१ को जित दिलाए ।
रियलका लागि खेलको ८७ औं मिनेटमा इडेन हाजार्ड गोल गर्नबा चुके । जितसँगै रियलले २ खेलमा ६ अंक जोडेको छ । पराजित सेल्टाले २ खेलबाट १ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण