निर्वाचनका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित हुँदैन : मन्त्री गहतराज
युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगन नहुने जानकारी दिएका छन् । उनले निर्वाचन भन्दा एक महिनाअघि नै राष्ट्रिय खेलकुद सम्पन्न हुने हुँदा निर्वाचन कार्यतालिकालाई असर नपार्ने बताए ।
प्रतियोगिता तयारीका बारेमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शनिबार साँझ पोखरामा आयोजना गरेको उच्चस्तरीय छलफल कार्यक्रममा मन्त्री गहतराजले सो कुरा बताएका हुन् । खेलकुदमन्त्री गहतराले प्रतियोगिताको तयारी, खेलाडी र खेल खेल्ने ठाउँको व्यवस्थापकीय आधारभूत दायित्व केन्द्र सरकारको रहे पनि प्रदेश सरकारले आफ्नो प्रदेशको टोली सक्षम र बढीभन्दा बढी पदक जित्ने गरी तयारीका काम गर्नुपर्नेमा जाेड दिए ।
मन्त्री गहतराजलले प्रतियोगिताका लागि निर्माण गरिने भनिएका स्वीमिङ, सुटिङलगायतका खेल पूर्वाधार विविध कारणले निर्माण गर्न नसकिए पनि राष्ट्रिय खेलकुद सम्पन्न पछि समेत त्यसलाई अघि बढाइने प्रतिबद्धता जनाए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गराउने क्रममा आइपर्ने समस्या र कठिनाइलाई समाधान गर्नका लागि साझा संयन्त्र बनाउनुपर्ने बताए । उनले भने “विगतका संस्करणको अनुभवलाई समेटेर सामूहिक दायित्वका साथ प्रतियोगिता सफल बनाउनुपर्ने सबैको साझा दायित्व हो । ”
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले राष्ट्रिय खेलकुद सफल बनाउन महानगर राखेप र प्रदेश सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले प्रतियोगिताको हालसम्मको तयारीका बारेमा जानकारी गराउँदै कार्यतालिकाअनुसार काम अघि बढाइएको जानकारी दिए ।
आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण