सिटी र चेल्सी काराबाओ कपको तेस्रो चरणमा भिड्ने
बिहीबार, ०९ भदौ २०७९, १० : २१
साविक प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले काराबाओ कपको तेस्रो चरणमा गत सिजनको उपविजेता चेल्सीसँग प्रतिस्पर्धा गर्ने भएको छ । सिटीले घरेलु इतिहाद रंगशालामा चेल्सीलाई निम्त्याउने छ ।
यसैगरी नटिङ्घम फरेस्टले टोटनहम तथा म्यानचेस्टर युनाइटेडले काराबाओ कपको तेस्रो चरणमा एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछन् । साविक विजेता लिभरपुलले लिग वानको टोली डर्बी काउन्टीसँग खेल्दा लिग टु का न्युपोर्ट काउन्टी र जिलिंगहम ले क्रमस: लेस्टर सिटी र ब्रेन्टफोर्डको भ्रमण गर्नेछन् ।
प्रिमियर लिगको शीर्ष टोली आर्सनलले ब्राइटनको सामना गर्दा उल्भ्सले लिड्सलाई निम्त्याउनेछ । न्युक्यासलले क्रिस्टल प्यालेस तथा बर्नमाउथले एभर्टनसँग खेल्नेछन् । काराबाओ कपको तेस्रो चरणका खेलहरु नोभेम्बर ८ र १० मा हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण