आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गौतमबुद्ध विमानस्थलमा हिमालय एयरलाइन्सको ट्रेनिङ फ्लाइट

शुक्रबार, १० भदौ २०७९, ०९ : १२
शुक्रबार, १० भदौ २०७९

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप एक एयरलाइन्सले उडान शुरु गरेको छ । हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइट गरेको हो । निर्माण सम्पन्न भई संचालनमा आएको तीन महिना पश्चात अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनी हिमालयले बिहीबार अपरान्ह १२ बजेदेखि साझ ५ बजे सम्म पाइलटहरूको ट्रेनिङको लागि परीक्षण उडान गरेको हो ।  

पहिलो पटक भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रेनिङको लागि बिहान १२ बजे ९९५ विमानले अवतरण गरेको हो । यो विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक हिमालय एयरलाइन्सको जहाज भैरहवा आएको हो । अहिले जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहालले बताए । 

गत जेठ दुई गतेबाट गौतमबुद्ध विमानस्थलमा व्यवसायिक उडान सुरु भएको हो । त्यसयता जजिराले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीन दिन उडान गर्दै आएको छ । वायुसेवा कम्पनीहरुलाई आकर्षित गर्न सरकारले यसअघि नै गौतमबुद्ध विमानस्थलमा एक वर्षका लागि अवतरण, सञ्चार, सुरक्षा लगायतमा शुल्कमा विमान कम्पनीलाई पूर्ण छुट दिएको दाहालले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप