धानका गाँज मर्न थाले, किसानलाई चिन्ता

बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठ ताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविक भन्दा कम भएको पीडा व्यहोरेका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन् ।
उनले यसअघि खेतमा मकै र धानका बिरुवा मरेको देखेका थिएनन् । सिँचाइ नभएको ठाउँमा मात्रै होइन, प्रशस्त सिँचाइ भएको खेतमा समेत धानका गाँज मरेका छन् । गाँज मर्ने रोगको विषयमा किसान अनभिज्ञ छन् । मकैबारीमा मात्रै रासायनिक मलको प्रयोग गर्ने पौडेलले कहिल्यै धानमा रासायनिक मल हालेनन्। घरमै उत्पादन हुने प्राङ्गारिक र गोबर मलको भरमा उनले खेतबारीबाट राम्रै उत्पादन लिँदै आएका थिए । पछिल्ला केही वर्षयता बालीमा हुने सङ्क्रमणका कारण पौडेल जस्तै गाउँभरिका किसान मर्कामा छन् ।
अमलाचौरकै बाँसचौरका लीलाधर विकको पनि समस्या उस्तै छ । घर नजिकैको करेसामा लगाएका तरकारीका बिरुवासमेत मर्न थालेकाले उनी चिन्तित छन् । वर्षौँदेखि खेतबारीमा काम गरेका पौडेल र विकजस्तै अमलाचौरका अधिकांश किसानले न त खेतीमा देखिएको रोग किराको सङ्क्रमणको विषयमा जानेकालाई बताए न त आफ्नो माटोको उर्वराशक्ति खोजे ।
माटोको उर्वराशक्तिभन्दा खनजोत र व्यवस्थापनले रोग किराको सङ्क्रमण बढी हुने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए। रोग किराको सङ्क्रमणबाट बच्नका लागि बाली लगाउनुपूर्व सावधानी अपनाउने र रोग लागेपछि उपचार गर्ने गर्नुपर्ने भट्टराईले बताए । बालीमा नाइट्रोजनको कमीले पनि बिरुवा मर्ने समस्या देखिने भएकाले समयमा नै कृषि प्राविधिकको सल्लाहमा उपचार र निदान खोज्न भट्टराईले आग्रह गरे ।
अमलाचौरको अधिकांश खेतीयोग्य जमिनको माटो अम्लिय रहेको पाइएको छ । बागलुङ नगरपालिकाको कृषि शाखाले अमलाचौर नै पुगेर गरेको परीक्षणमा अधिकांश माटोमा पिएचमान ६।५ देखिएको कृषि प्राविधिक राहुल केसीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजना नीति तथा कार्यक्रममा किन समेटिएन ?
-
फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो
-
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा
-
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
निरञ्जनी अखडाका प्रमुख गिरीले भेटे देउवालाई
-
नेपाल–भारत सीमानामा ‘हाई अलर्ट’