रवि लामिछाने र छविलाल जोशीको निवेदनमा सुनुवाइ भएन
काठमाडौँ । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको निवेदनमाथि बिहीबार पेसी तोकिएकोमा सुनुवाइ स्थगित भएको छ ।
जिल्ला अदालत काठमाडौँले गरेको आदेश बदरको मागसहित लामिछाने र जोशीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । जिल्लाले लामिछानेलाई ६० लाख र जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेकोमा उक्त आदेश बदरको मागसहित उच्चमा निवेदन परेको थियो ।
सरकारका तर्फबाट रवि लामिछाने, सुनिता नेवा, कमल लामा, छविलाल जोशी समेत ५ जनाविरुद्ध थुनामा राख्नुपर्ने मागसहित निवेदन परेको थियो । आज न्यायाधीशहरू डालकुमार खड्का र टीकाराम आचार्यको इजलासमा तीनवटै निवेदनमाथि पेसी तोकिएकोमा लामिछानेको निवेदनमा उनका कानुन व्यवसायीको तर्फबाट र अन्य दुई पेसी लगाउका कारण स्थगित भएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण