सामाजिक स्वास्थ्य क्लिनिकको २३ औं संस्करण सम्पन्न
परिवर्तनका लागि सामाजिक अभियानले निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको २३ औं संस्करण सम्पन्न गरेको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परिक्षण गरिएको उक्त निःशुल्क क्लिनिकमा मुटु, मधुमेह र रक्तचाप सम्बन्धि परीक्षण गरिएको थियो ।
७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरूका लागि आयोजना गरेको उक्त शिविरमा ६५ जना बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । “बुवाको मुख हेर्ने पवित्र दिनमा, ६५ जना बुवा आमाहरुको स्वास्थ्य परीक्षण गरि उहाँहरुको मुहारमा खुसी ल्याउन सक्यौ, हामी पनि भाग्यमानी रहेछौँ” बरालले भने ।
परिवर्तनका लागि सामाजिक अभियानले विगत ११ महिनादेखि यो कार्यक्रम आयोजना गर्दै आईरहेको छ । धरानका विभिन्न वडाहरूमा विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै कार्यक्रम आयोजना गर्ने गरेको अभियानले यस पटक धरान–८ स्थित बुद्ध बिहारमा कार्यक्रम आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण