मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सामाजिक स्वास्थ्य क्लिनिकको २३ औं संस्करण सम्पन्न

आइतबार, १२ भदौ २०७९, ०६ : ४२
आइतबार, १२ भदौ २०७९

परिवर्तनका लागि सामाजिक अभियानले निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको २३ औं संस्करण सम्पन्न गरेको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परिक्षण गरिएको उक्त निःशुल्क क्लिनिकमा  मुटु, मधुमेह र रक्तचाप सम्बन्धि परीक्षण गरिएको थियो । 

७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरूका लागि आयोजना गरेको उक्त शिविरमा ६५ जना बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । “बुवाको मुख हेर्ने पवित्र दिनमा, ६५ जना बुवा आमाहरुको स्वास्थ्य परीक्षण गरि उहाँहरुको मुहारमा खुसी ल्याउन सक्यौ, हामी पनि भाग्यमानी रहेछौँ” बरालले भने । 

परिवर्तनका लागि सामाजिक अभियानले विगत ११ महिनादेखि यो कार्यक्रम आयोजना गर्दै आईरहेको छ । धरानका विभिन्न वडाहरूमा विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै कार्यक्रम आयोजना गर्ने गरेको अभियानले यस पटक धरान–८ स्थित बुद्ध बिहारमा कार्यक्रम आयोजना गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप