डा. भगवान् कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै
डाक्टर भगवान् कोइरालाले पुस्तक ‘हृदय’को विशेष संस्करण ल्याउने भएका छन् । डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, आफूले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको पुस्तक प्रकाशन हुन लागेको काठमाडौँमा एक कार्यक्रमको आयोजना जानकारी दिएका हुन् ।
यही भदौ अन्तिम साता काठमाडौँमा उक्त विशेष संस्करणको लोकार्पण हुँदैछ । विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण भएको छ । जसको अङ्कित मूल्य २५,००० (पच्चीस हजार रुपैयाँ) रहेको छ । विशेष संस्करणलाई डा. कोइराला आफैँले प्रत्येक पुस्तकमा क्रमसङ्ख्या अङ्कित र हस्ताक्षर गरी प्रमाणित गर्नेछन् । यद्यपि विशेष संस्करण निस्किएको एक सातापछि अर्थात् असोजको पहिलो सातादेखि पुस्तकको नियमित संस्करण पनि अङ्कित मूल्य ५७५ रुपैयाँमा पाठकका निम्ति उपलब्ध हुने उनले बताए ।
विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रुपैयाँ प्रकाशक र लेखकले केही नकटाई सीधै ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ हस्पिटललाई हस्तान्तरण गरिने उनले बताए । नियमित संस्करणको पनि ५० प्रतिशत रकम हस्तान्तरण गर्ने डा. कोइरालाले निर्णय गरेको बताए ।
हाल काठमाडौँमा विशिष्टीकृत हस्पिटल ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) का रूपमा निर्माणाधीन छ । त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा अस्पताल निर्माण अन्तिम चरणमा पुगेको डा. कोइरालाले बताए ।
यस्ता हस्पिटल सातै प्रदेशमा विस्तार गर्ने कोइरालाको लक्ष्य राखेको उनले सुनाए । कोइरालाको यही लक्ष्यलाई सानै स्तरमा भए पनि सघाउने उद्देश्यले प्रकाशक फाइनप्रिन्टले पुस्तक ‘हृदय’को विशेष संस्करण ल्याउने तयारी गरेको हो ।
तीन दशकदेखि मुटुको उपचारमा खटिरहँदा डा. भगवान् कोइरालाले नेपालमा धेरै त्यस्ता बालबालिका देखे, जसले आधारभूत स्वास्थ्य सेवा नपाएका कारण ज्यान गुमाउनुपर्‍यो । नेपालमा जन्मिने प्रत्येक सय जना बालबालिकामध्ये तीन जनाले आफ्नो पाँचौँ जन्मदिन देख्न नपाउने दुःखद कुरा तथ्याङ्कले देखाएको उनले बताए । त्यसैको परिपूर्तिका लागि उनले विशिष्टीकृत बाल अस्पतालको खाका कोरेको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण