रास्वपाले गठन गर्यो तीन आयोग
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरेको छ।
- महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले विधान अनुसार पार्टीका तीन वटा आयोगहरू गठन गरेको हो।
- अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश लेखनाथ पौडेललाई मनोनीत गरिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरेको छ ।
महाधिवेशनपछि पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपाको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशनबाट अनुमोदन भएको विधान अनुसार पार्टीका तीन वटा आयोगहरू गठन गरिएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिए ।
उनले निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना भङ्ग गरी यसअघि नै जिम्मेवारीमा रहेकाहरूलाई पुनः जिम्मेवारी दिइएको बताए।
त्यस्तै अनुशासन आयोगको प्रमुखमा उच्च अदालत कास्कीका पूर्वन्यायाधीश समेत रहेका लेखनाथ पौडेललाई मनोनीत गरिएको महामन्त्री आचार्यले जानकारी दिए ।
बैठकमा अन्य पदाधिकारीको मनोनयनको विषयका कुनै छलफल नभएको उनले बताए । बाँकी पदाधिकारीको मनोनयन पार्टी सभापतिको विशेषाधिकार भएकाले, सभापतिको निर्देशन र तयारी अनुसार आगामी बैठकहरूबाट अघि बढ्ने उनको भनाइ छ ।
साथै बैठकले पहिलो महाधिवेशनलाई सफल पार्न सहयोग गर्ने तत्कालीन पदाधिकारी, प्रतिनिधि, सदस्य, सुरक्षाकर्मी लगायत सबैलाई धन्यवाद प्रस्ताव पारित गरेको महामन्त्री आचार्यले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा कडा लगानी सुरक्षा नियम लागू
-
पहिलो पटक भिड्दै इंग्ल्याण्ड र डीआर कङ्गो
-
कांग्रेसको निर्वाचन समितिले भन्यो– जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय प्रतिनिधिको उपस्थितिमा मात्रै गर्नू
-
भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल
-
रास्वपा कार्यालय वनस्थलीमा प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण