घरमै बसेर अनलाइनबाट उच्च शिक्षा लिन सकिने
तनहुँ - त्रिभुवन विश्वविद्यालयले क्याम्पसमै गएर अध्ययन गर्न नसक्ने व्यक्तिहरुका लागि प्रविधिको माध्यमबाट घरमै बसी बसी उच्च शिक्षा हाँसिल गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ ।
उक्त विश्वविद्यालयले खुला तथा दुर शिक्षा केन्द्रको स्थापना गरी उच्च शिक्षा हासिल गर्न इच्छुक व्यक्तिका लागि यो अवसर ल्याएको शनिबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
विश्वविद्यालयको आंगिक संस्थाको रुपमा रहेकोले अनलाइनबाट घरमै बसेर शिक्षा लिन सकिन्छ । केन्द्रका डाइरेक्टर डा. बालमुकुन्द भण्डारीले भने, अब दमौली, पोखरा र बाग्लुङमा समेत यस शिक्षाको बारेमा चेतना जगाउन लागिएको छ ।
परीक्षाका लागि राजधानी
गत ०७१ माघदेखि डिग्री तहमा शिक्षा, आर्टस र कर्मस संकायमा यस किसिमको शिक्षाको व्यवस्था गरेको जानकारी गराउँदै हाललाई परीक्षाको हकमा भने काठमाडौं नै जानुपर्ने व्यवस्था छ ।
कम शुल्क
अनलाइनबाट अध्ययन गर्दा नियमित क्याम्पस गएर अध्ययन गरेको भन्दा केहि कम शुल्क लिने व्यवस्था गरिएको डा. भण्डारीले जानकारी दिए ।
विदेशबाट अध्ययन
पढ्ने इच्छा भएका देश विदेशमा रहेका कर्मचारीलगायतका व्यक्तिले पनि अनलाइनबाट अध्ययन गर्न सक्छन डा. भण्डारीले भने तर क्याम्पसलाई तिर्नुपर्ने शुल्क भने बैक वा इ-सेवाको माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सम्बद्ध सङ्घसंस्थाका पदाधिकारीहरूलाई अनिवार्य समावेश गर्न माग
-
श्रम संस्कृति पार्टीका सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरे, सभामुख पेलेरै अघि बढे (तस्बिरहरू)
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट १३ जना प्यालेस्टिनीलाई पक्राउ
-
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
-
केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो
-
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण