शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बहुतले पार्किङस्थल निर्माणका लागि सम्झौता

बिहीबार, १६ भदौ २०७९, ०९ : ३५
बिहीबार, १६ भदौ २०७९

बुटवलमा सवारी सधान पार्किङको समस्या बढिरेको बेला बहुतले पार्किङस्थल निर्माणका लागि बुटवल उपमहानगरले अध्ययनको प्रक्रिया थालेको छ । बुटवल उपमहानगरपालिका, नगर विकास कोष र परामर्शदाता कम्पनीका बीचमा डीपीआर तयारका लागि सम्झौता भएको छ । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीका प्रतिनिधि विजयलाल न्याछ्योंबीच सम्झौता भएको हो । 
सम्झौताअनुसार परामर्शदाता कम्पनीले बुटवलस्थित लुम्बिनी बस टर्मिनलको क्षेत्रभित्र बहुतले कार पार्किङका लागि लगानी र डिजाइनको काम गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । 

बस टर्मिनल क्षेत्रको दक्षिणपट्टिको भागमा बहुतले पार्किङ भवन बनाउनका लागि लागत र डिजाइन तयार भइसकेपछि पुनः निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाउने उनले बताए । नगरविकास कोषको ९० प्रतिशत लगानी र बुटवल उपमहानगरपालिकाको १० प्रतिशत लगानी हुनेगरी बुटवलमा बहुतले पार्किङ तयार हुने उनको भनाइ छ । 

परामर्शदाता कम्पनीले ४ महिनाभित्र बहुतले पार्किङको डिजाइन स्टिमेट र टेण्डर डकुमेन्टसमेतको काम गर्ने शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए । बुटवलमा बढ्दो शहरीकरणका कारण बढ्दै गएको ट्राफिक व्यवस्थापनका लागि बहुतले पार्किङस्थल उपयोगी हुने बुटवल उपमहानगरपालिकाले जनाएको छ । नगरप्रमुख पाण्डेले बुटवलमा बहुतले पार्किङ आवश्यक भएकाले नगर विकास कोष र बुटवल उपमहानगरपालिकाको संयुक्त लगानीमा आधुनिक पार्किङ भवन निर्माण बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप