माओवादीले चुनाव लक्षित संरचना 'क्रान्तिकारी फोर्स' गठन गर्दै
माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित संरचना 'क्रान्तिकारी फोर्स' गठन गर्ने भएको छ । भदौ २२ गते बिहान १० बजे रास्ट्रिय सभागृहमा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा उद्घाटन हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको अखिल (क्रान्तिकारी)का उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए ।
मंसिर ४ मा सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनको परिचालनलाई देशब्यापी व्यवस्थित र प्रभावकारी बनाउन अखिल (क्रान्तिकारी)ले बिशेष संरचना निर्माण गर्न लागेको हो।
'क्रान्तिकारी फोर्स' अखिल (क्रान्तिकारी) केन्द्रीय समिति मातहत रहने नयाँ संरचना हुने उपाध्यक्ष शाहीले जानकारी दिए । कार्यक्रममा अध्यक्ष पञ्चा सिंह सहित केन्द्रीय पदाधिकारीहरु, प्रदेश पदाधिकारीहरु सहित मुलुकभरका सबै तहका नेता कार्यकर्ताहरुको प्रतिनिधिमुलक सहभागीता रहने उपाध्यक्ष शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी सङ्घ धनुषाद्वारा तालाबन्दी
-
इरान–कतार वार्ता : रोकिएका सम्पत्ति र अमेरिका–इरान सम्झौताबारे छलफल हुने
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
-
संविधान आएको एक दशक बित्यो तर आएन स्थानीय अदालत
-
राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण