शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले चुनाव लक्षित संरचना 'क्रान्तिकारी  फोर्स' गठन गर्दै

मङ्गलबार, २१ भदौ २०७९, १२ : ३१
मङ्गलबार, २१ भदौ २०७९

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित संरचना 'क्रान्तिकारी  फोर्स' गठन गर्ने भएको छ । भदौ २२ गते बिहान १० बजे रास्ट्रिय सभागृहमा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा उद्घाटन हुने  कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको अखिल (क्रान्तिकारी)का उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए ।
  
मंसिर ४ मा सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनको परिचालनलाई देशब्यापी व्यवस्थित र प्रभावकारी बनाउन अखिल (क्रान्तिकारी)ले बिशेष संरचना निर्माण गर्न लागेको हो।

'क्रान्तिकारी फोर्स' अखिल (क्रान्तिकारी) केन्द्रीय समिति मातहत रहने नयाँ संरचना  हुने उपाध्यक्ष शाहीले जानकारी दिए । कार्यक्रममा  अध्यक्ष पञ्चा सिंह सहित केन्द्रीय पदाधिकारीहरु, प्रदेश पदाधिकारीहरु सहित मुलुकभरका सबै तहका नेता कार्यकर्ताहरुको प्रतिनिधिमुलक सहभागीता रहने उपाध्यक्ष शाहीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप