जसपाका नेताहरुलाई शीतल निवासमा बोलाएर राष्ट्रपतिले पोखिन् गुनासो
राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले दिएको सुझाव प्रतिनिधिसभाले नमानेको गुनासो गरेकी छिन् । नागरिकता विधेयकलगायत अन्य समसामयिक विषयमा बिहीबार जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेताहरुसँग शीतल निवासमा छलफल गर्ने क्रममा उनले सो गुनासो गरेकी हुन् ।
नागरिकता जस्तो संवेदनशील विषयमा आफूले प्रतिनिधिसभालाई सुझाव पठाएको तर त्यसलाई पन्छाएर जस्ताको त्यस्तै विधेयक पारित गरेको राष्ट्रपतिको गुनासो थियो । नागरिकता जस्तो संवेदनशिल विषयमा संसद तथा पार्टीहरुले हतार गर्न नहुने उनको धारणा थियो । विधेयक प्रमाणीकरणको विषयमा आफूले विज्ञ तथा विभिन्न सरोकारवालाहरुसँग छलफल गरिरहेको धारणा राख्दै उनले केही दिनमै त्यसको बारेमा कुनै निष्कर्षमा पुग्ने बताइन् ।
त्यसको जवाफमा जसपाका नेताहरुले नागरिकताको समस्या एउटा कुनै समुदाय तथा क्षेत्र विशेषको मात्र नभएर देशैभरिको समस्या रहेको भनेका थिए । नागरिकताको समस्या समाधान नहुँदा देशकै थुप्रै युवा अनागरिक भएको धारणा जसपाका नेताहरुले राखेका थिए । नागरिकता नहुँदा पढाई लेखाइदेखि लिएर रोजगारलगायत अन्य धेरै कुरामा असर परेको हुनाले त्यस विधेयकलाई प्रमाणीकरण गरी नागरिकता प्राप्तिलाई सहज बनाइदिन नेताहरुले आग्रह गरेका थिए । जतिदिन यसलाई अल्झाएर राखे त्यति नै विवाद बढ्दै जाने भएकाले दुवै सदनले पारित गरेको नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न आफूहरुले आग्रह गरेको जसपाका कार्यकारिणी सदस्य रामसहाय यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण