शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोल्याण्डमा महिला ‘भ्याम्पायर’को चिहान भेटियो, घाँटीमा राखिएको थियो ठूलो हँसिया

आइतबार, २६ भदौ २०७९, १६ : २६
आइतबार, २६ भदौ २०७९

पोल्याण्डमा पुरातत्वविदले १७ औँ शताब्दिको चिहान खनिरहेका थिए । यतिबेला उनीहरुले एउटा यस्ते चिहान भेटे जुन देखेर जिल खाए । यसमा एक महिलाको कंकाल थियो । उनको घाँटीको चारैतिर हँसिया लगाइएको थियो । यो राख्नुको उद्देश्य के थियो भने महिलाको मृत्यु भइसकेपछि पनि कथंकदाचित जिउँदो भएर उठ्न खोजिन् भने हँसियाले टाउको काटिएर पुनः मृत्यु होस् वा चोट लागेर उठ्न नसकून्  ।

यसबारे अनुसन्धान गर्ने पुरातत्वविद्को समुहका प्रमुख निकोलस कपरनिकस युनिभर्सिटीका प्राध्यापक डोरिज पोलेन्स्कीले दिएको जानकारी अनुसार उनको अगाडिको दाँत भ्याम्पायरको जस्तै तिखा थिए । त्यसैले पनि उनलाई ‘भ्याम्पायर’ भनिएको थियो ।  साथै, उनले सिल्क टोपी लगाउँथिन् । टोपीको रेशा उनको समाधिस्थलबाट भेटिएका छन् । हँसियालाई यसरी राखिएको थियो कि उनी केही गरी पुनः उठ्थिन् भने उनको टाउको काटिन्थ्यो वा घाँटीमा मज्जाले चोट लाग्थ्यो ।

स्मिथसोनियन म्यागजिनका अनुसार ११ औँ शताब्दिको कुरा हो जब पूर्वी युरोपका मानिसहरु भ्याम्पायरसँग डराउँथे । उनीहरु आफ्ना मृतक आफन्तको चिहानमा भ्याम्पायर विरोधी परम्पराको पालना गर्दथे । सामान राख्थे । पूजा इत्यादि गर्दथे किनभने त्यतिबेला केही मानिसहरुको मान्यता के थियो भने यी भ्याम्पायर मृत्युपछि पनि फर्किएर रगत पिउनका लागि मानिसलाई मार्नेछन् । त्यसैले उनीहरुको घाँटीको चारैतिर हँसिया राख्ने गरिन्थ्यो ।

१७ औँ शताब्दि आउँदा नआउँदै पूरा पोल्याण्डमा भ्याम्पायर ठानिने मानिसलाई गाड्ने बेला घाँटीको चारैतिर हँसिया राख्ने गरिन्थ्यो । यो परम्परा चलिरह्यो । प्राध्यापक डोरिज पोलिन्स्कीले कतिपय अवस्थामा यी हँसिया हात–खुट्टामा पनि राख्ने गरेको जानकारी दिए । शवलाई उल्टो पारेर गाड्ने प्रक्रिया पनि हुन्थे ताकि मुख खोल्दा माटो मात्रै खान सकिन्थ्यो । कि त उनीहरुलाई चिहानभित्र जलाइने गरिन्थ्यो । कतिपटक त भ्याम्पायर भनिनेहरुलाई ढुङ्गाले हानी हानी मारिन्थ्यो र गाडिन्थ्यो ।

यसबाहेक पोल्याण्डमा यस्ता थुप्रै चिहान भेटिएका छन् जसमा भ्याम्पायर विरोधी अन्य तरिका पनि उपयोग गरिएको छ । जुन महिला ‘भ्याम्पायर’ को कंकाल भेटिएको छ त्यसको घाँटी र खुट्टामा हँसिया लगाइएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप