नोकिया जी११ प्लस : सुलभ दाम, दीर्घायु र फ्ल्यागशिपस्तरको काम

person explore access_timeभदौ २६, २०७९ chat_bubble_outline0

नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी११ प्लस सर्वजनिक गरेको छ। जी सेरिजको सफलतासंगै यस फोनमा नवीनतम एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरू, गुणस्तर र विश्वभर प्रसिद्ध लामो समयसम्म टिक्ने ब्याट्री व्याकअप समावेश रहेको कम्पनीले जनाएको छ । 


एचएमडी ग्लोबलका सीईओ, फ्लोरियन सेइशले भने, “प्रारम्भिक प्रतिस्थापनले वातावरणमा पार्ने प्रभावका कारण संसारभरका मानिसहरूले आफ्नो स्मार्टफोनलाई लामो समयसम्म प्रयोग गर्ने गरेका छन्। नयाँ नोकिया जी११ प्लसमा उपभोक्ताहरूलाई लामो समयसम्म टिक्ने ३ दिनको ब्याट्री व्याकअप, तीन वर्षको मासिक सुरक्षा अपडेटहरू र एन्ड्रोइडका तीन संस्करणहरू सुनिश्चित गरिएको छ।  हामी हाम्रो गुणस्तर्य निर्माणमा प्रतिबद्ध हुन पाउँदा गर्व गर्छौं।”



यो फोनमा इण्डस्ट्री– लिडिङ अपडेट, सुलभ मूल्यमा प्रिमियम डिजाइन, उत्कृष्ट फोटोग्राफीको लागि उत्कृष्ट क्यामेरा  जस्ता विशेषता रहेका छन् । 
३÷६४ जीबीको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य रु. १९,४९९ रहेको छ । निलो रंगमा उपलब्ध नोकिया जी११ प्लस आइतबारबाट नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।  
 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।