शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘विकासका नाममा प्रकृति विनाश हुन दिनुहुँदैन’

मङ्गलबार, २८ भदौ २०७९, ०८ : ०२
मङ्गलबार, २८ भदौ २०७९

मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुसी र सुखी जीवन नै रहेको बताएका छन् । जनकपुरधाममा सोमबार आयोजित मानव विकास प्रतिवेदन, २०२१-२२ सार्वजनिकीकरण कार्यक्रममा उनले विश्व जगत विकासमा फड्को मार्दै गए पनि मानव जीवन अस्तव्यस्त हुँदै जानु चिन्ताको विषय भएको बताए । 

प्रत्येक आठ जनामा एक जना मानसिक तनावमा रहेको तथ्याङ्क प्रतिवेदनले प्रस्ट्याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले विकास निर्माणका नाममा प्रकृति विनाशको क्रम बढेको हुनाले यसलाई रोक्नु अपरिहार्य भएको बताए । उनले भने “भौतिक विकास मात्रै विकास होइन,समाजिक रुपान्तरण र पर्यावरण संरक्षणसहितको विकासको मूल लक्ष्य हुनुपर्छ ।”  मानव विकास प्रतिवेदनले औँल्याएका विषयवस्तु सरकारलाई अगामी नीति निर्माणमा सहायक हुने उनको भनाइ थियो ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको अध्यक्षतामा भएको कार्यक्रममा नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, मधेस कृषि विश्वविद्यालयका रजिष्ट्रार डा भगवान् ठाकुर, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता  थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप