वरिष्ठ पत्रकार गौतमको निधन
आइतबार, ०२ असोज २०७९, १० : ३५
वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । ७७ वर्षीय गौतमको आइतबार बिहान बी एण्ड बी अस्पतालमा निधन भएको हो ।
नयाँ करेन्ट साप्ताहिकका सम्पादक गौतमलाई न्युमोनिया देखिएपछि आइसियुमा राखेर उपचार गर्दा पनि अवस्था झन् बिग्रिएपछि भेन्टिलेटरमा राख्नुपरेको पारिवारिक स्रोतले जनाएको छ ।
पत्रकार गौतम पाँच दशक निरन्तर पत्रकारितामा क्रियाशिल रहेका थिए । २०४२ को बम काण्डका बेला रामराजाप्रसाद सिंहको भाषण अंश छापेको निहुँमा उनलाई ६ महिना हनुमानढोकामा थुनिएको थियो । उनका छोरा किरण गौतमका अनुसार पत्रकार गौतमको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण