नेपाल पत्रकार महासंघ रौतहटका पूर्व सचिव मण्डलको निधन
नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व सचिव पत्रकार रवीन्द्र मण्डलको निधन भएको छ । बुधवार राति प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा ४९ वर्षीय मण्डलको निधन भएको हो । जिल्लाको दुर्गाभगवती गाउँपालिकाको मत्सरी निवासी उनी लामोसमय उपचाररत रहेका थिए ।
विगत ४ वर्ष अघि जिल्लाको माधवनारायण नगरपालिकाको लागि भारतीय दुतावास काठमाण्डौबाट एम्बुलेन्स बुझेर फर्किने क्रममा दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए । उपचारकै क्रममा चिकित्सकको लापरबाहीले अपाहिज भएका मण्डलको लामोसमय देखि वीरगंजमा उपचार भइरहेको थियो ।
यसैबीच नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झा र माधवनारायण नगरपालिकाले एक शोक विज्ञप्ती जारी गरी मण्डलको निधन प्रति दुःख व्यक्त गरेको छ । साथै माधवनारायण नगरपालिकाले आफनो तत्कालीन जिन्सी शाखा प्रमुख मण्डलको निधनमा आज बिहिबार एक दिन शोक विदा पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण