एमाले उपाध्यक्ष पाण्डेलाई मातृशोक
बिहीबार, १३ असोज २०७९, ०८ : ११
एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेकी आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत लेखेका छन् 'कान्छो भाइ दिपेन्द्रले बिहान सवा चार बजे आमा बितेको खबर गरेपछि म भण्डाराबाट काठमाडौं लागेँ ।' आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको पाण्डेले जानकारी दिएका छन् ।
मनमाया पाण्डेको काठमाडौं सीतापाइला स्थित आफ्नै निवासमा निधन भएको हो । उनका पाँच छोरा र तीन छोरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण