एमाले उपाध्यक्ष पाण्डेलाई मातृशोक
बिहीबार, १३ असोज २०७९, ०८ : ११

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेकी आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत लेखेका छन् 'कान्छो भाइ दिपेन्द्रले बिहान सवा चार बजे आमा बितेको खबर गरेपछि म भण्डाराबाट काठमाडौं लागेँ ।' आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको पाण्डेले जानकारी दिएका छन् ।
मनमाया पाण्डेको काठमाडौं सीतापाइला स्थित आफ्नै निवासमा निधन भएको हो । उनका पाँच छोरा र तीन छोरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण
-
जान्नुहोस् हज सम्बन्धी पाँच विशेष कुराहरू
-
संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम
-
सिङ्दी–दूधपोखरी हुँदै हर्पिङडाँडासम्म पदमार्गको खोजी गरिँदै
-
नेपालको ऐतिहासिक जित: १ विकेटले स्कटल्याण्ड स्तब्ध
-
१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल