सोमालियामा अल सेबाबका चालीस आतङ्ककारी मारिए
सोमालियामा सेनाले गरेको कारबाहीका क्रममा अल सेबाब आतङ्ककारी सङ्गठनका ४० जना आतंककारीको मृत्यु भएको जनाएको छ । सोमालियाली सेनाले सो कुराको जानकारी दिएको हो । मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारबाहीका क्रममा ती लडाकाहरु मारिएका बताइएको हो ।
सोमाली सेनाका कमाण्डरले सोमालियाली समाचार समितिलाई बिहीबार दिएको जानकारीअनुसार यहाँको राष्ट्रिय सेनाले मध्य सोमालियाको हिरान सहरमा गरेको कारबाहीका क्रममा ४० जना लडाका मारिएका र अरु केही घाइते भएका जनाएका छन् ।
सो कारबाहीका क्रममा अल सेबाब समूहका एकजना कमाण्डर पनि मारिएका बताइएको छ । त्यसक्रममा अल सेबाब आतङ्ककारी सङ्गठनका कैयौँ हातहतियार पनि कब्जा गरिएको बताइएको छ ।
कारबाहीका क्रममा यहाँको सेनाका कमाण्डर पनि मारिएका छन् । उनलाई अल सेबाब संगठनका आतङ्ककारीले गोली हानेका थिए । हिरान क्षेत्रमा अल सेबाबका लडाकाहरुले विगत लामो समयदेखि आतङ्क मच्चाइरहेका र सोही सूचनाका आधारमा उनीहरुमाथि यहाँको सेनाले कारबाही थालेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द
-
बागमती प्रदेश : दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
-
जेठमा ५ फिल्म रिलिज हुने : स्टारको भिडन्त, कथामा भेराइटी
-
सहकारी पीडितका पक्षमा उभिए कास्कीका राजनीतिक दल, गृहमन्त्री जिम्मेवार नभएको आरोप
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची