सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते
शनिबार, १५ असोज २०७९, ०९ : १४
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीया मान बहादुर पुन र १४ वर्षीया एनका पुन रहेको सल्यान प्रहरी जनाएको छ ।
रा १ ज ७९८ नम्बरको उक्त जीप डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दिरतर्फ जाँदै गरेको अबस्थामा आज बिहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार जीप उकालोमा ब्याक गर्ने क्रममा सडक भन्दा करिब १०० मिटर तल खसेको छ ।
उनले रातोपाटीसँग भने,‘जीपमा चालक सहित सवार १९ जना थिए । दुई जनाको मृत्यू भएको र बाँकी घाइते १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लाने तयारी भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
-
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन: यस्तो छ आज बन्द सत्रको कार्यतालिका
-
नागढुंगा–मुग्लिन सडक विस्तार : दोस्रो म्याद सकिनै लाग्यो, सकिएन काम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण