आगामी तीन दिन देशका यी नदीमा बाढीको जोखिम
मङ्गलबार, १८ असोज २०७९, ०९ : ३१
आगामी तीन दिन देशका अधिकांश नदीमा बहाव बढ्ने भएको छ । पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्ला भई बहने ससाना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा बस्नेले सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।
आगामी तीन दिन प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानमा रहेका खहरे खोलामा पनि पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता हपनाउन महाशाखाले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण