सत्ता गठबन्धनको बैठक दिउँसो तीन बजे बस्ने
सिट बाँडफाँटको टुंगो लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरको लागि तय भएको निर्वाचनमा सिट बाँडफाँट गरी उम्मेदवारी दिने बिषयमा छलफल ३ बजे बस्ने बस्न लागेको हो । झन्डै दुई महिना देखी जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन ।
गठबन्धनको मुख्य सहयोगी जनता समाजवादी पार्टी, नेपालले गठबन्धन भन्दा बाहिर पनि विकल्प खोज्ने निर्णय गरेको केही दिनमा नै बसिरहेको बैठकले प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने पार्टीको नाम टुंगो लगाउने बुझिएको छ ।
हालसम्म नेपाली कांग्रेसले ८५, नेकपा माओवादी केन्द्रले ४४, नेकपा एकीकृत समाजवादीले १५, जनता समाजवादी पार्टीले १३ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्र पाउने गरी छलफल भइरहेको नेताहरुले बताएका छन । यसै सेरोफेरोमा आज सहमति गराउन सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण