सत्ता गठबन्धनको बैठक दिउँसो तीन बजे बस्ने
सिट बाँडफाँटको टुंगो लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरको लागि तय भएको निर्वाचनमा सिट बाँडफाँट गरी उम्मेदवारी दिने बिषयमा छलफल ३ बजे बस्ने बस्न लागेको हो । झन्डै दुई महिना देखी जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन ।
गठबन्धनको मुख्य सहयोगी जनता समाजवादी पार्टी, नेपालले गठबन्धन भन्दा बाहिर पनि विकल्प खोज्ने निर्णय गरेको केही दिनमा नै बसिरहेको बैठकले प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने पार्टीको नाम टुंगो लगाउने बुझिएको छ ।
हालसम्म नेपाली कांग्रेसले ८५, नेकपा माओवादी केन्द्रले ४४, नेकपा एकीकृत समाजवादीले १५, जनता समाजवादी पार्टीले १३ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्र पाउने गरी छलफल भइरहेको नेताहरुले बताएका छन । यसै सेरोफेरोमा आज सहमति गराउन सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रोइलर कुखुराको रोग मानिसमा लाग्नसक्ने तथ्यमा कुनै सत्यता छैन : भेटेरिनरी एसोसिएसन
-
पतञ्जलीको सोन पापडी खान असुरक्षित
-
कांग्रेसले भन्यो– झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ
-
भोलि बस्ने राष्ट्रियसभाका यी हुन् आठ कार्यसूची
-
एमाले भक्तपुरको अध्यक्षमा देउजा
-
इजरायली प्रधानमन्त्रीलाई भेट्दै अमेरिकी सुरक्षा सल्लाहकार