दसैँ खानपान : यसरी तयार गर्नुहोस् ‘मटन रिब्स’ र खसीको ह्याकुला
रुचि अनुसार दसैँमा मासुका परिकार धेरैको घरमा पाक्ने गर्छ । अनि, सीपका आधारमा चाहिँ हामी यसलाई कति प्रकारले पस्कन सक्छौँ त ! यो भने धेरैका लागि चुनौतीको विषय बन्न सक्छ । त्यसैले दसैँ खानपान विशेषमा आज हामीले खसीको मासुबाट तयार गरिने ‘मटन रिब्स’को बारेमा विशेष सामग्री प्रस्तुत गरेका छौँ।
‘मटन रिब्स’ भन्नाले खसीको मासु अर्थात करङको भागलाई ‘बारबीक्यू’ अर्थात सेकुवा बनाएर तयार गरिने मीठो परिकार हो । यो परिकार दसैँमा तपाईंले आफैँले घरमै तयार गर्न सक्नु हुने छ । अब, ‘मटन रिब्स’ तयार गर्न हामीलाई आवश्यक सामग्री चाहिँ के–के हुन् त !
‘मटन रिब्स’ रेसिपी (आवश्यकता अनुसार)
खसीको मासु (करङको भाग)
नुन
मरिचको धुलो
अजिना मोटो (स्वादको लागि मात्र)
बेसार
सुकेको खुर्सानीको धूलो
जिराको धुलो
मिट मसला
गरम मसला
कागतीको रस
अदुवा र लसुनको पेस्ट र,
तोरीको तेल
वीरे नुन
उल्लेखित सामग्रीको तयारी पछि हामी कोइलाको आगोमा वा इलेक्ट्रिक चुल्होमा ‘मटन रिब्स’ तयार गर्न सक्छौँ । यसकालागि काठमाडौँ आलोकनगर स्थित झिर सेकुवाका सेफ पाण्डव आले मगरको सहयोगमा हामीले भिडियो सामग्री पनि तयार पारेका छौँ । जसको सहयोगबाट तपाईंले पनि सहजै मटन रिब्स आफ्नै पस्कन सक्नु हुने छ । मटन रिब्ससँग हरियो खुर्सानीको अचार र टिमुरको छोपसँगै राख्नुभयो भने यसलाई यसलाई झनै मिठो स्वादमा खान सक्नु हुने छ।
कसरी तयार गर्ने मसलारहित खसीको ह्याकुला ?
खसीको मासुबाट तयार गरिने थुप्रै परिकार मध्ये एउटा हो खसीको ह्याकुला । हामीमध्ये धेरैले यसको स्वाद पनि लिएका छौँ होला । अझ होटेल रेस्टुरेन्टमा पस्किएको मसलासहितको ह्याकुलाको परिकारले त धेरैको जिब्रो रसाउँछ नै ।
तर, खसीको ह्याकुलालाई मसलारहित पनि हामी स्वादिष्ट हिसाबमा खान सक्छौँ । तेल र मसलारहित यो परिकार स्वास्थ्यकर पनि मान्ने गरिन्छ । अझ दसैँमा त धेरैले आफ्नै घरमा खसीको परिकार बनाउने हुनाले ह्याकुलाको परिकार पनि आफ्नै भान्छामा पस्कन सक्नु हुने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण