वर्षाका कारण कर्णाली प्रदेश राजधानी जोड्ने सबै राजमार्गहरु अवरुद्ध
बुधबारदेखि जारी अबिरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग र ग्रामिण सडकहरू अवरुद्ध भएका छन् । जसका कारण यात्रुहरूको बिचल्ली भइरहेको छ ।
प्रदेश ट्राफिक कार्यालयका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोड्ने सबै ठुला राजमार्ग तथा सडकहरू पहिरोका कारण बन्द भएका छन् । प्रदेश ट्राफिक कार्यालयका डीएसपी भीम खड्काका अनुसार लुम्बिनी प्रदेशसँग जोड्ने कोहलपुर–सुर्खेत रत्न राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । रत्न राजमार्गको बिचमा पर्ने विउरेनी भन्ने ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
जिल्ला ट्राफिकले उक्त सडक खुलाउने प्रयास भइरहेको बताएको छ । यस्तै वीरेन्द्रनग–जुम्ला जोड्ने कर्णाली राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ । दैलेख दुल्लु नगरपालिका–३ बोतखोला भन्ने ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा दसैं मनाएर प्रदेश राजधानी फर्कने कर्णालीका अन्य जिल्लाका यात्रुहरु बाटोमा अलपत्र परिरहेका छन् । कर्णाली राजमार्ग अवरुद्ध हुँदा दैलेख, कालिकोट, जुम्ला, मुगु र अछामका नागरिकहरुको आवत–जावत बन्द भएको प्रहरीले जनाएको छ ।
यस्तै कर्णाली राजमार्गको अन्य तीन ठाउँमा पनि पहिरो गएको छ । जुम्लाको तिला गाउँपालिका–१ गाडगोडेनी, कालिकोटको खडाचक्र नगरपालिका –१ सुनार खोलामा र दैलेखको दैलेख सांगेतडा भन्ने ठाउँमा पहिरोका कारण सडक पुरिएको छ ।
यस्तै वीरेन्द्रनगर, गुराँसे हुँदै दैलेख सदरमुकाम जोड्ने सडकखण्ड पनि अवरुद्ध भएको छ । उक्त राजमार्ग बिहीबार नै अवरुद्ध बनेको हो । दैलेखको गुराँस गाउँपालिका–४ लोहा खोलामा पहिरो गएको छ । यस्तै अन्य तिन ठाउँमा पनि पहिरोले सडक पुरेको छ । रुकुम पश्चिम, सल्यान र जाजरकोटबाट प्रदेश राजधानी वीरेन्द्रनगर जोड्ने सुर्खेत–जाजरकोट सडक खण्ड पनि अवरुद्ध भएको डीएसपी खड्काले जानकारी दिए । उनका अनुसार उक्त सडकको पोखरी भन्ने स्थानमा बाटो अवरोध भएको छ, भने सल्यान, सल्लिबजार–बोटेचौर सडक पनि अवरुद्ध भएको छ ।
यस्तै वीरेन्द्रनगर नगरपालिका–१६ रातानाङला देखि धर पोखरा जाने सडक, वीरेन्द्रनगर–तरङ्गा जोड्ने ग्रामिण सडकहरु पनि वर्षात्को कारण अवरुद्ध भएका छन् । डीएसपी खड्काले कर्णाली राजमार्ग बाहेक अन्य सडकहरू खुलाउने प्रयास भइरहेको रातोपाटीलाई बताए । उनले भने,‘ कर्णाली राजमार्गको एउटा ठाउँमा ठुलो पहिरो गएको छ । उक्त ठाउँ खुलाउन जाने डोजर नै पहिरोमा गाभिएका कारण ढिलाई हुने देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण