अपडेट : जुम्लामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुग्यो
जुम्लाको कनका सुन्दरी गाउँपालिका–५ वारेकोटडाँडामा पहिरोले घर भत्किँदा पुरिएर मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।
घरमुली ५५ वर्षीया गणेशबहादुर शाही, उनका २२ वर्षीया छोरा रमेशबहादुर शाही, ९ वर्षका अनमोल शाही ६ वर्षका मिलन शाही र उनकी श्रीमती पानसरा शाहीको मृत्यु भएको छ । यस्तै २४ वर्षीया सुरेन्द्र हमालको पनि मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृत्यु भएको मध्ये पाँच जना एकै घरका हुन् भने सुरेन्द्र हमाल छिमेकी हुन् ।
यस्तै २२ वर्षकी विद्या शाही अझै बेपत्ता रहेकी छन् । शनिबार बिहान् ४ः०५ बजे सुतिरहेको अवस्थामा घर माथिबाट पहिरो आई घर भत्किएको थियो ।
यस्ते घाइते बर्ष ५० की सरस्वती हमालको अबस्था पनि नाजुक रहेको प्रहरीले बताएको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ, भने स्थानीय राम बहादुर हमाल पछि घाइते भएका छन् । अहिले त्यहाँ ५ जनाको प्रहरी टोलीबाट उद्धार कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
-
फेरि कानुनी समस्यामा फसे सलमान खान
-
बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
-
विषादीको व्यवसाय जथाभावी गर्न नपाइने
-
नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण