कमल थापालाई टिकट दिएको भन्दै एमाले कार्यकर्ताले गरे पार्टी कार्यालयमा तालाबन्दी
आइतबार, २३ असोज २०७९, ११ : ३८
कमल थापालाई टिकट दिएको भन्दै एमाले मकवानपुरको पार्टी कार्यालयमा ताला बन्दी गरिएको छ । एमाले मकवानपुरका असन्तुष्ट कार्यकर्ताले आइतबार बिहानबाट पार्टी कार्यालय मकवानपुरमा तालाबन्दी गरेका हुन् ।
हेटौंडा–५ पुष्पलाल पार्क नजिक एमाले पार्टी कार्यालयमा एमाले कार्यकर्ताले ताला लगाएका छन् । पार्टी केन्द्रको कमल थापालाई उम्मेदवार बनाउने निर्णयविरुद्ध जिल्ला नेतृत्व चुपचाप रहेको कार्यकर्ताको गुनासो छ ।
मकवानपुरमा १ नम्बर क्षेत्रमा नेकपा एमालेको तर्फबाट केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको भए तापनि शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीले थापालाई एमालेको तर्फबाट टिकट दिने निर्णय गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण