धनुषाको एकै पालिकाबाट १५ जना नवौँ राष्ट्रिय खेलकुदका लागि छनोट
धनुषाको एकै पालिकाबाट १५ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन् । जिल्लाको मिथिला नगरपालिकाबाट १५ खेलाडी छनोट भएका हुन् । छनोट भएकामध्ये १४ हक्कीका एकजना खो–खोका खेलाडी भएको स्थानीय हिमालय युवा क्लबका पूर्वअध्यक्ष अरुणकुमार महतोले जानकारी दिए।
पन्ध्र खेलाडीमध्ये सात पुरुष र आठ महिला रहेको उनले बताए। ती खेलाडी आज बिहान पोखराका लागि प्रस्थान गरेका छन् । हक्की खेलका लागि छनोट हुनेमा पुरुषतर्फ उमेश श्रेष्ठ, नवीनकुमार महतो, रुपेश राई, अजयकुमार साह, पुरुषोत्तम महतो, अजयकुमार महतो, अमित राय रहेका छन् ।
त्यस्तै महिलातर्फ अञ्जलीकुमारी महतो, भूमिकाकुमारी महतो, नीराकुमारी महतो, श्रृति राय, आरतीकुमारी महतो, मधुकुमारी साह, प्रितिकुमारी महरा र अञ्जलीकुमारी साह रहेका छन्। त्यसैगरी खो–खो खेलतर्फ रुपा राई छनोटभएकी छिन् । आफ्नो पालिकाबाट यतिको सङ्ख्यामा खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएकामा भएपछि आफूहरु निकै खुसी भएको मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण