रक्सोल नाकाबाट कार्गो बन्द गर्न दबाब
भारत तथा तेश्रो मुलुकबाट रक्सोल नाका हुँदै आएको कार्गो आयात-निर्यात पूर्ण रुपमा बन्द गरेर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बाट मात्रै गर्न भारतीय पक्षले दवाव दिएको छ ।
भारत सरकारको पटनास्थित प्रिन्सिपल कमिशनरको कार्यालयले सूचना जारी गर्दै रक्सोलबाट बौद्धीमाई मन्दिर हुँदै आईसीपीसम्म आउने बाटो पूर्णरुपमा सञ्चालनमा आइसकेकोले अब रक्सोलबाट आयात निर्यात हुँदै आएको कार्गो पनि आईसीपीबाट मात्रै हुने जनाएको छ।
कमिशनरको कार्यालयले निकालेको सार्वजनिक सूचनाअनुसार अक्टोबर १८ तारिख अर्थात असोज २० गते आइतबारदेखि भारत तथा तेश्रो मुलुकबाट आयात हुँदै आएको सामान आईसीपी)बाट मात्र जाँचपास हुनेछ।
प्रिन्सिपल कमिशनरको कार्यालयले असोज २१ गते नै सार्वजनिक सूचना जारी गरेर सबै आयात, निर्यातकर्ता, भन्सार एजेन्टहरुलाई बुधबारदेखि नै आईसीपीबाट मात्रै जाँचपास हुने जनाएको छ। यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देशैभर फैलियो मनसुनी वायु : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
आजको पञ्चाङ्ग र राशिफल : कस्तो छ तपाईँको दिन?
-
विदेशी मुद्राको विनिमयदरः कति छ आज डलर र युरो ?
-
नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक कोएमानले दिए राजीनामा
-
एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण