युभेन्टस स्तब्ध, पीएसजी पनि रोकियो
माकाबी हाइफासँग स्तब्ध बनेपछि इटालियन महारथी युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कठिन बनेको छ । मंगलबार राति भएको खेलमा युभेन्टस ०–२ गोलले पराजित बनेको हो ।
ओमेर अटजिलीले पहिलो हाफमा गरेको दुई गोलको मद्दतले इजरायली टोलीले युभेन्टसलाई हराउन सफल बनेको हो । दुई खेल बाँकी छँदा युभेन्टस मात्र ३ अंक बटुल्दै समूहको तेस्रो स्थानमा सीमित बनेको छ ।
मासिमिलानो एलेग्रीको टोलीले अब अन्तिम १६ मा पुग्नका लागि बाँकी दुई खेलमा पीएसजी र बेनफिकालाई हराउनै पर्ने हुन्छ । दुई पटकको युरोपियन च्याम्पियन घरेलु लिगमा पनि सङ्घर्षरत रहेको छ । शनिबार एसी मिलानसँग पराजित हुँदै टोली सिरिए एमा आठौँ स्थानमा सीमित रहेको छ ।
समूहकै अन्य खेलमा पीएसजी र बेनफिकाले १–१ को बराबरी खेले । दुई टोलीको समान ८ अङ्क रहेको छ । एम्बाप्पेले खेलको ३९ औँ मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए पनि दोस्रो हाफमा जोआ मारियोले पेनाल्टीबाट गोल फर्काउँदै खेल बराबरी गरे ।
एम्बाप्पेले त्यसपछि गोल गरे पनि त्यसलाई अफसाइड करार गर्दै रद्द गरिएको थियो । लियोनेल मेस्सीले घाइते हुँदै मंगलबारको खेल गुमाउन पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण