मिलानमा चेल्सी हाबी
बुधबार, २६ असोज २०७९, ०९ : ०६
इङ्ग्लिस क्लब चेल्सीले १० खेलाडीमा सीमित एसी मिलानलाई उसैको घरेलु मैदानमा २–० गोलले हराएको छ । मंगलबार भएको खेलमा चेल्सीका पूर्व डिफेन्डर फिकायो टोमोरीले खेलको १८ औँ मिनेटमा नै मेसन माउन्टलाई फल हानेपछि रातो कार्ड पाएका थिए ।
त्यसपछि जोर्गिन्होले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ३४ औँ मिनेटमा पीएरे एमरिक औबामियाङले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा चेल्सीले रिस जेम्सलाई घाइते हुँदै गुमाएको थियो ।
चार खेलपछि चेल्सी ७ अङ्कसहित समूह ‘ई’को शीर्ष स्थानमा रहेको छ । डाइनामा जाग्रेबसँग बराबरी खेल्दै आरबी साल्जबर्ग ६ अङ्कसहित दोस्रो स्थानमा खस्केको छ । ४ अङ्क बटुलेको मिलान तेस्रो स्थानमा छ भने जाग्रेबको पनि समान अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण