भोलिसम्म बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने गठबन्धनको निर्णय

सत्तारुढ गठबन्धनले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई भोलिसम्म उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ । बुधवार बसेको गठबन्धनको बैठकले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले भोलिसम्म पनि उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता गर्ने समय आजका लागि निर्धारण गरेको थियो । आयोगको निर्धारित समयभित्र पनि उम्मेदवारी फिर्ता नगर्ने उम्मेदवारलाई भोलिसम्मको लागि समय दिएको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए ।
उनका अनुसार भोलिसम्म स्वैच्छिक रूपमा बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गर्नुपर्ने छ । यदि बागी उम्मेदवारी फिर्ता नगरेमा आ आफ्नो पार्टीका बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार २२ गते त्रिभुवन विश्वविद्यालयले बाेलायाे सभा
-
त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने
-
बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने
-
रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो
-
देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी