भोलिसम्म बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने गठबन्धनको निर्णय
सत्तारुढ गठबन्धनले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई भोलिसम्म उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ । बुधवार बसेको गठबन्धनको बैठकले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले भोलिसम्म पनि उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता गर्ने समय आजका लागि निर्धारण गरेको थियो । आयोगको निर्धारित समयभित्र पनि उम्मेदवारी फिर्ता नगर्ने उम्मेदवारलाई भोलिसम्मको लागि समय दिएको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए ।
उनका अनुसार भोलिसम्म स्वैच्छिक रूपमा बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गर्नुपर्ने छ । यदि बागी उम्मेदवारी फिर्ता नगरेमा आ आफ्नो पार्टीका बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण