बाढी–पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाद्वारा उद्धार तथा राहत
विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाका विभिन्न स्थानहरूमा बाढी र पहिरो गई जनजीवन प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले खोज तथा उद्धार, राहत सामग्री ढुवानी र वितरण कार्य सञ्चालन गरेको छ ।
जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाहरूका अति विकट स्थानहरू राजचुली, ताजकोट, सर्कीघाट, छाँयानाथ, कन्कासुन्दरी लगायतका स्थानहरूमा पहिरोका कारण फसेका ११ जनाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको हो ।

उक्त स्थानहरू सडक सञ्जालबाट निकै विकट स्थानमा रहेको र सीमित मात्रामा रहेका कच्ची सडकहरू समेत पहिरोका कारण विभिन्न स्थानहरूमा अवरुद्ध भएको हुँदा नेपाली सेनाको हवाई साधनमार्फत १४ हजार ७३५ केजी. राहत सामग्रीहरू ढुवानी गरी पहिरो प्रभावित नागरिकहरुलाई वितरण गरिएको सेनाले जानकारी दिएको छ । यसका साथै नेपाली सेनाद्वारा विभिन्न स्थानहरूमा अवरुद्ध रहेका सडकहरू खुलाउने तथा नेपाली सेनाको हवाई साधनद्वारा थप राहत सामग्रीहरू ढुवानी गर्ने कार्य भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताहरू हिँडेपछि संसदको अग्रपंक्तिमा बुर्लाकोटी एक्लै
-
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग
-
आगोसँग खेल्ने काम नगर्न रास्वपालाई चेतावनी
-
बालेन सरकारको विकल्पका लागि कम्युनिस्ट एकता जरुरी भयो : वक्ताहरू
-
विश्वकपबाट बाहिरिएपछि उरुग्वे टोलीको चार्टर्ड उडान रद्द
-
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण