टी–२० विश्व कप क्रिकेट आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा नामिबिया र श्रीलङ्काबीच प्रतिस्पर्धा
आइतबार, ३० असोज २०७९, ०७ : ०२
आईसीसी टी–२० विश्व कप क्रिकेट आजदेखि सुरु हुँदैछ । अस्ट्रेलियाको भिक्टोरियामा आज हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार बिहान पौने १० बजे सुरु हुनेछ ।
नामिबिया दोस्रो पटक विश्व कप खेल्दैछ । श्रीलङ्का पूर्व च्याम्पियन र अहिलेसम्मका विश्व कपमा सहभागी टोली हो । आज हुने दोस्रो खेलमा दिउँसो पौने २ बजे यूएई र नेदरल्यान्ड खेल्दैछन् । यूएई दोस्रो पटक र नेदरल्यान्ड पाँचौँ पटक विश्व कप खेल्न लागेको हो ।
यो विश्व कपमा आयोजक अस्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, इङ्ग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बङ्गलादेश गरी १६ टोली सहभागी छन् । विश्वकपको फाइनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण