रोल्पाबाट शान्ति र सहकार्यको सन्देश दिन चाहन्छौँ : पुन
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सशस्त्र माओवादी जनयुद्धको उद्गम थलो रोल्पाबाट काँग्रेस र माओवादी सहकार्यको सन्देश दिन चाहेको बताएका छन् । पुनले रोल्पामा माओवादी एक्लैले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जित्न सक्ने बलियो आधार हुँदाहुँदै राष्ट्रिय स्तरमै दुई दलबीचको सहकार्यको विश्वासिलो वातावरण बनाउन मिलेर उम्मेदवारी दिइएको बताएका हुन् ।
विगतमा दुई फरक ध्रुवमा रहेर भिडेका शक्ति काँग्रेस र माओवादी मिल्दा मात्र समाजमा शान्ति स्थापना हुने तथा मेलमिलापको वातावरण बन्न सक्ने उनको भनाइ थियो । रोल्पा प्रदेश (ख) मा काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सत्ता गठबन्धनका साझा उम्मेदवार छन् ।
माओवादी जनयुद्धमा आमनेसामने भएका दुई शक्तिबीचको सहकार्यले मात्र शान्ति प्रक्रियालाई पूर्णता दिन र समाजमा मेलमिलाप स्थापित गर्न सहज हुने उनको भनाइ थियो । ‘जुन शक्तिका बीचमा लडाइँ भयो ती शक्ति मिलेर मात्र समाजमा शान्ति कायम हुने हो’, गठबन्धन दलद्वारा रोल्पामा घर्ती गाउँमा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रममा पुनले भने, ‘जसलाई द्वन्द्वको घाउले दुखाएको छ, शान्तिको महत्त्व उसलाई जति अरूलाई थाहा हुँदैन ।’
पुनले काँग्रेस–माओवादी सहकार्य चुनावपछिको सरकारका लागि मात्र नभई संविधान र लोकतन्त्र मास्न र लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि भएको तर्क गरे । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन सत्तारुढ गठबन्धनका तर्फबाट रोल्पाको प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । यसअघि ०७४ को निर्वाचनमा पनि उनी रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण