बेन्जिमालाई बालोन डि ओरको अवार्ड
मङ्गलबार, ०१ कात्तिक २०७९, ०६ : ०३
रियल मडिडका फरवार्ड करिम बेन्जिमाले बालोन डि ओरको अवार्ड प्राप्त गरेका छन् । फ्रान्सेली खेलाडी बेन्जिमाले पहिलो पटक बालोन डि ओरको अवार्ड जितेका हुन् । उनले यो सिजन स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि जिताउन सहयोग गरेका थिए ।
बेन्जिमाले यो सिजन ४६ खेलमा ४४ गोल गरेका थिए । गत सिजन लिभरपुलमा रहेका साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुईन तेस्रो भए । बार्सिलोनाकी एलेक्सिया पुटेलसले सन् २०२२ को सर्वश्रेष्ठ महिला फुटबलरको अवार्ड प्राप्त गरिन् ।
बालेन डि ओरको ६ विधामा मनोनयनमा परेको म्यानचेस्टर सिटी वर्षको उत्कृष्ट क्लब घोषित भयो । गत वर्ष गरेको प्रदर्शनमा आधारमा बालोन डि ओरको विजेता घोषणा गरिएको हो । यस्तै उत्कृष्ट गोलरक्षकको अवार्ड थिबाओ कोर्टुवाले पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण