व्यवसायमा जस्तै राजनीतिमा पनि सफल हुन चाहन्छु : उद्योगपति चौधरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी नवलपरासी–१ का मतदाताका घरमा चुनावी प्रचारमा छन् । निर्वाचनलाई लक्षित गर्दै प्रत्येक घरको समस्या बुझ्न मतदाताका घरमा पुगेको उनले बताउने गरेका छन् ।
अर्बपति चौधरीले आफ्नो जीवनको ६५ वर्षमा कहिल्यै फेल नभएको बताएका छन् । '६५ वर्षको उमेरमा कहिल्यै फेल नभएको म यहाँ बिकास गर्छु भनेर आएको छु, व्यवसायमा जस्तै राजनीतिमा पनि सफल हुने विश्वास म मा छ, उनले भने।
अहिलेकै राजनीतिक शैली र प्रवृत्तिबाट परिवर्तन सम्भव नदेखेर आफू प्रत्यक्ष राजनीतिमा आएको उनको भनाइ छ । उनले भने 'विकास र समृद्धिका लागि राजनीति र शासन व्यवस्थाको केन्द्रमा आर्थिक प्रणालीलाई सन्तुलन राख्नुपर्ने भएकाले म राजनीति आएको हु ।'
कुशल व्यवस्थापकका रूपमा आफ्नो उद्योग, व्यवसायलाई सफल पारे जसरी नै राजनीतिमार्फत देशलाई सफल बनाउने चौधरी बताउँछन् । एक राजनीतिज्ञमा व्यवस्थापनसम्बन्धी ज्ञान पनि हुनुपर्ने उनको तर्क छ ।
नवलपरासी–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका चौधरीको जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीसँग मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण