नवौं खेलकुद : आर्मी र एपीएफ पुरुष फुटबलको स्वर्णका लागि भिड्ने
मङ्गलबार, ०१ कात्तिक २०७९, १८ : १६
विभागीय टोली एपीएफ क्लब र अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छन् । पोखरा रंगशालामा मंगलबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ गोल अन्तरले हराउँदै एपीएफ फाइनल पुगेको हो ।
एपीएफको जितमा प्रदिप लामाले २ गोल गरे । नविन लामा, विकु तामाङ र हरि कार्कीले १–१ गोल गरे । सुदूरपश्चिमका लागि कुवेर सिंहले १ गोल फर्काए । आजै भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै फाइनल पुगेको हो ।
पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै आर्मी स्वर्ण नजिक पुगेको हो । आर्मीलाई जित दिलाउन सुदिल राईले निर्णायक गोल गरे । खेलको ५८ औं मिनेटमा सुदिलले निर्णायक गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा भोजपुरको सभापतिमा भुजेल
-
रास्वपा ताप्लेजुङकाे सभापतिमा गुरुङ निर्वाचित
-
मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
-
बागमतीका १३ मध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, कहाँ को विजयी ?
-
थप वार्ताका लागि तेहरान पुगे पाकिस्तानी गृहमन्त्री
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण