नवौँ राष्ट्रिय खेलकुदको आज समापन गरिँदै
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन गरिने भएको छ । समापन समारोहका अवसरमा पोखरा महानगरले आज एक दिन विशेष विदा दिएको छ । महानगरले आज एक सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि महानगरपालिकाका महाशाखा तथा शाखा, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीमा दिउँसो १ बजेपछि विशेष बिदा दिइएको जनाएको छ ।
महानगरले समापन समारोहमा महानगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थी, सामाजिक सङ्घसंस्थालाई सहभागी हुनसमेत आग्रह गरेको छ । नागरिक समाज, आमा समूह, टोल विकास संस्था, युवा क्लब, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलगायत आम नगरवासीलाई दिउँसो २ बजे नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा उपस्थित हुन पनि अनुरोध गरिएको छ ।
प्रदर्शनी केन्द्रबाट जम्मा भएर बृहत् सहभागिताबीच पोखरा रङ्गशालामा प्रवेशको कार्यक्रम रहेको महानगरले जनाएको छ । राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थलका रूपमा पोखरा महानगरपालिका र यसका विभिन्न वडामा रहेका खेल मैदानमा प्रमुख खेल सञ्चालन भइरहेका छन् ।
राष्ट्रिय खेलकुद आयोजना पोखरा महानगरपालिका र पोखरेलीका लागि गौरवको विषय रहेको महानगर प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार समारोहमा आमनगरवासीको उल्लेखनीय सहभागिता रहनेछ ।
समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण